कुटेर श्रीमतीको हत्या गरेर प्रहरीमा उजुरी, झुट बोलेको थाहा पाएपछि श्रीमान् नियन्त्रणमा

कुटेर श्रीमतीको हत्या गरेर प्रहरीमा उजुरी, झुट बोलेको थाहा पाएपछि श्रीमान् नियन्त्रणमा

दाङ : श्रीमती हत्या गरेको अभियोगमा दाङका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लुङ्ग्री गाउँपालिका ६ गुम्चाल, रोल्पाका ४९ वर्षीय कृतिमान बुढाथोकी रहेका छन्। उनलाई घोराहीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घोराही उपहानगरपालिका–१९ दुईखोलीमा ४४ वर्षीया श्रीमती गोबिना बुढाथोकीको हत्या अभियोगमा जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए।

बुढाथोकीले श्रीमती मुटुको बिरामी भइ उपचारका लागि रोल्पाबाट घोराही ल्याउने क्रममा शनिबार राति बाटोमा मृत्यु भएको भनि आइतबार प्रहरी चौकी दुईखोलीलाई जानकारी दिएका थिए।

घटनाको अनुसन्धानका क्रममा बुढाथोकीले नै कुटपिट गरी श्रीमतीको हत्या गरी प्रहरीलाई गलत सूचना दिएको खुलेको एसपी वलीले बताए।

माघ २३, २०७९ सोमबार २०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।