देशको ढुकुटीमा विदेशी मुद्राको सञ्चिती बढ्यो

देशको ढुकुटीमा विदेशी मुद्राको सञ्चिती बढ्यो

काठमाडौं : देशको ढुकुटीमा विदेशी मुद्राको सञ्चिती बढेको छ।

२०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिती १०.० प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा १३३७ अर्ब २९ करोड रूपैयाँ पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिती २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रूपैयाँ रहेकोमा २०७९ पुस मसान्तमा १२.० प्रतिशतले वृद्धि भई ११८३ अर्ब ३७ करोड रूपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रूपैयाँ रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई १५३ अर्ब ९१ करोड रूपैयाँ कायम भएको छ।

२०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ।

माघ २३, २०७९ सोमबार १९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।