भारतको हैदरावादमा निताको ह्रस्व दीर्घको सुटिङ

काठमाडौं : कलाकारहरूको जम्बो टोली रहेको फिल्म ‘ह्रस्व दीर्घ’को छायाङ्कन भारतमा सुरु भएको छ। अभिनेत्री निता ढुङ्गानाले बनाउन लागेको फिल्मको सुटिङ भारतको हैदरावादको रामोजी फिल्म स्टुडियोमा सुरु भएको हो।
फिल्ममा नितासँगै उनको श्रीमान् हरिहर अधिकारी, अभिनेत्री बिपना थापा, अभिनेता सरोज खनाल, कलाकार गरिमा शर्मा, रवीन्द्र शाह, स्ट्याण्डअप कमेडियन आदर्श मिश्र, लक्ष्मी पौडेल लगायतका कलाकारहरू छन्।
निताले सामाजिक सञ्जालबाट फिल्ममा अनुबन्धित कलाकारहरूको नाम सार्वजनिक गरेकी थिइन् जसमा दक्षिण भारतीय फिल्मका चर्चित कलाकारहरू समेत छन्।
दक्षिण भारतीय फिल्मका चर्चित कलाकार ब्रम्हानन्दम्, अलि अनि सुनिल बर्मा अनुबन्ध भएको निताले सार्वजनिक गरेकी थिइन्।
माघ २३, २०७९ सोमबार १९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।