आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर
काठमाडौं : आइएमई पेले ‘मन्थ अफ लभ’ अफर सञ्चालनमा ल्याएको छ।
अफरअनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरे पछि पाँच जनाले सामसुङ् स्मार्टफोन जित्ने मौका पाउनेछन्।
भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको कम्पनीले जनाएको छ। अफर फेब्रुअरी ३ देखि महिनाभर चल्नेछ।
अफर अवधि सकिएपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत भाग्यशाली विजेताको घोषणा हुने कम्पनीले जनाएको छ।
नेपाली जनतालाई डिजिटल माध्यममा कारोबारको प्रोत्साहन गर्न अफर ल्याइएको कम्पनीको दाबी छ।
माघ २३, २०७९ सोमबार १८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।