नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा दयाराम शर्मा चयन

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा दयाराम शर्मा चयन

काठमाडौं : नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा दयाराम शर्मा चयन भएका छन्।

२०३औं सञ्चालक समितिको बैठकले शर्मालाई सर्व–सम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।

शर्मालाई राष्ट्र बैंका डेप्युटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले एक कार्यक्रमबा बीच उनलाई सपथग्रहण गराइन्।

तत्कालीन अध्यक्ष रामबहादुर मानन्धरको नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भएपछि शर्माले क्लियरिङ्ग हाउसको नेतृत्व गर्न लागेका हुन्।

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन्।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो।

माघ २३, २०७९ सोमबार १८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।