रूपन्देही आइपुगे रामकथा वाचक मोरारी बापू

रूपन्देही आइपुगे रामकथा वाचक मोरारी बापू

बुटवल : बुद्ध जन्मस्थलमा लुम्बिनीमा मंगलबारदेखि हुने रामकथा प्रवचन कार्यक्रमका लागि भारतका सुप्रसिद्ध रामकथा वाचक मोरारी बापू रुपन्देही आइपुगेका छन्।

सोमबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनलाई पूर्व गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, वसिउद्दीन खान, सिके गुप्ता लगायतले स्वागत गरेका छन्।

यसअघि माघ २१ गते देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने भनिएको प्रवचन विभिन्न संघसंस्थाको विरोधका कारण माघ २४ गते देखि फागुन ३ गतेसम्मका सारिएको थियो।

लुम्बिनीमा रामकथा वाचन गर्न लागेको विरोधमा प्रदर्शन, गैरबौद्ध क्रियाकलाप रोक्न माग

प्रवचनको विषयालाई लिएर सोमबार विहानदेखि नै बुटवल तनावग्रस्त बनेको थियो। संयुक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले लुम्बिनीमा गैरबौद्ध क्रियाकलाप रोक्न माग गर्दै विरोध प्रदर्शन गरेको थियो।

माघ २३, २०७९ सोमबार १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।