कामका लागि विदेशिने नेपालीकाे संख्यामा व्यापक वृद्धि, २४.३ प्रतिशतले बढ्याे रेमिट्यान्स
काठमाडौं: नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा ५ खर्ब ८५ अर्ब ८ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ।
यसै अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ६४.६ प्रतिशतले बढेर २ लाख ७५ हजार ६ सय ४३ पुगेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्सको आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह पाँच प्रतिशतले घटेको थियो।
माघ २३, २०७९ सोमबार १७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।