पानी ट्याङ्करले ठक्कर दिँदा पाँच वर्षीया बालिकाको मृत्यु

पानी ट्याङ्करले ठक्कर दिँदा पाँच वर्षीया बालिकाको मृत्यु
सांकेतिक तस्बिर

काठमाडौं : पानी ट्याङ्करको ठक्करबाट काठमाडौंको डल्लुमा एक बालिकाको मृत्यु भएको छ।

सोमबार डल्लुको चामुण्डा स्कुल नजिकै बा ३ ख ५३६१ नम्बरको ट्याङ्करले साइकल चलाइरहेका बेला ठक्कर दिँदा ५ वर्षकी बालिका रियानी देउलाको मृत्यु भएको हो।

बालिकाको परिवार डल्लुमा भाडामा बस्दै आएका थिए। उनीहरू बस्ने घरमा नजिकैको अर्को घरमा पानी खन्याएर फर्किँदै गरेको ट्याङ्करले सडकमा साइकल चलाइरहेकी बालिकालाई ठक्कर दिएको हो।

माघ २३, २०७९ सोमबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।