१६ वर्षीया किशोरी ट्याक्टरमा बलात्कृत, युवक पक्राउ

१६ वर्षीया किशोरी ट्याक्टरमा बलात्कृत, युवक पक्राउ

भोजपुर : १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–१ बस्ने २६ वर्षीय यदुराज बस्नेत रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बस्नेतले ती किशोरीलाई गत शुक्रबार राति घोडेटारदेखि पुर्णेबजार सम्म आवतजावत गर्ने कच्ची बाटोको च्यानडाँडा भन्ने स्थानमा ना.५ त ६५८० नम्बरको ट्याक्टरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

माघ २३, २०७९ सोमबार १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।