मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा जारी

मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा जारी

काठमाडौं : मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा जारी छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेरदेखि बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुनेछ।

सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो।

आइतबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय लिएलगत्तै तीन मन्त्रीले राजीनामा दिएका थिए।

२३ माघ, २०७९, १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।