रवितर्फ इंकित गर्दै कोइरालाले भने- ‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन’
चितवन: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ इंकित गर्दै राजनीति गर्नका लागि सहनशीलता चाहिने बताएका छन्।
साेमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने र लोकतन्त्रबिना विकास सम्भव नहुने बताए।
‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशीलता चाहिन्छ,’ उनले भने, ‘सञ्चारमाध्यमको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन।’
हिजाे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली मिडिया प्रति निकै आक्राेशित बनेका थिए।
माघ २३, २०७९ सोमबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।