१२०० जनाको मृत्यु भइसकेकाे अवस्थामा टर्कीमा पुनः ७.५ म्याग्निच्युडको भूकम्प

१२०० जनाको मृत्यु भइसकेकाे अवस्थामा टर्कीमा पुनः ७.५ म्याग्निच्युडको भूकम्प
तस्बिरः रोयटर्स

एजेन्सी : दक्षिणपूर्वी टर्कीमा भूकम्पको दोस्रो झट्का महसुस गरिएको छ।

कहरामनमारस शहर नजिकै केन्द्रबिन्दु भएर ७.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले मापन गरेको बीबीसीले जनाएको छ।

यसअघि सोमबार विहान गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्कीमा ९१२ र सिरियामा ३२० गरी १२०० भन्दा बढि मानिसको मृत्यु भएको समाचारमा उल्लेख छ।

भूकम्प टर्की र सिरियाको सीमा क्षेत्रमा गएको हो। दुवै देशमा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

माघ २३, २०७९ सोमबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।