मिडिया सम्बन्धी विधेयकहरू तत्काल अगाडि बढ्छ : सञ्चारमन्त्री

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने बताएकी छिन्।
सोमबार नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिलको भेटघाट कार्यक्रममा उनले संसद्मा पेस गर्न बाँकी मिडिया विधेयकहरूलाई सरकारले तत्काल अगाडि बढाउने कार्य योजना रहेको बताएकी हुन्।
शर्माले आमसञ्चार क्षेत्रका लागि बनेका कानुनहरू अधिकांश पुराना भएकाले कानुन परिमार्जन गर्न आवश्यक रहेको र सरकार त्यसमा सकारात्मक रहेको बताइन्।
उनले देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्न अङ्गका रूपमा जोडिएको भन्दै राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठुला-ठूला राजनीतिक परिवर्तन सम्भव भएको बताएकी थिइन्।
माघ २३, २०७९ सोमबार १६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।