रास्वपाका मन्त्रीहरूकाे राजीनामा स्वीकृत, थप दुई मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन जना मन्त्रीहरूकाे राजीनामा स्वीकृत भएसँगै थप दुई मन्त्रालयकाे जिम्मेवारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै काँधमा आएकाे छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा स्वीकृत गरेपछि उनिहरूले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई दिएकी हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएको थियो।
सो पार्टीका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा शिशिर खनाल सहभागी थिए।
त्यसैगरी रास्वपाबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की पनि सरकारमा सहभागी थिइन्।
माघ २३, २०७९ सोमबार १६:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।