दाहाल, देउवा र ओलीबीच सिंहदरबारमा छलफल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका छन्।
प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिलाई जोड दिइरहेको बेलामा ओली र देउवासँग संयुक्त छलफल गरेका हुन्। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अहिले छलफल जारी छ।
सीमा व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीले उच्च पदस्थ अधिकारीहरूसँग छलफल गर्ने क्रममा ओली र देउवालाई पनि बोलाइएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
माघ २३, २०७९ सोमबार १६:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।