बिग्रेर सडकमा रोकिराखेको ट्रकमा बस र कार ठाेक्किए, बस चालकको मृत्यु
भैरहवा: बिग्रेर सडकमा रोकिराखेको ट्रकमा बस र कार ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
आज बिहान भएको दुर्घटनामा सडकमा रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठोक्किएका थिए।
दुर्घटनामा परेर बसका चालक तनहुँ भीमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
भैरहवामा लागेको बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
माघ २३, २०७९ सोमबार १६:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।