स्पाेर्टस अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक 

स्पाेर्टस अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक 

काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्न लागेको स्पाेर्टस अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ।

मञ्चले सोमबार एक कार्यक्रम आयोजना गर्दै आगामी फागुन २३ गते हुने अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको सूची सार्वजनिक गरेको हो।

उक्त सूचीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसका अभिलाषा विष्ट र पौडीकी डुवाना लामा परेका छन्।

गत वर्ष उनीहरूले पाएको सफलता र चर्चाको आधारमा यी पाँच खेलाडी मनोनयनमा परेको मञ्चका सचिव एवम् अवार्डको खेलाडी छनोट समितिका संयोजक अन्जन खड्काले बताए। 

मनोनयनमा परेका मध्येबाट विजेताको चयन इसेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतको आधारमा हुनेछ।

यो वर्षको अवार्ड कार्यक्रममा ८ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ। 

माघ २३, २०७९ सोमबार १५:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।