प्रशिक्षण थालिसकेका मोन्टी देशाईले बल्ल पाए नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षकको नियुक्ति

प्रशिक्षण थालिसकेका मोन्टी देशाईले बल्ल पाए नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षकको नियुक्ति

काठमाडौंः भारतका मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका छन्।

युवा तथा खेलकुद मन्त्रालय हुँदै राष्ट्रिय खेलकुद परिषद्ले उनलाई प्रशिक्षक नियुक्त गर्न स्वीकृति दिएकाे नेपाल क्रिकेट संघ, क्यानले जनाएको छ।

क्यानको कार्यसम्पादन समितिले वेस्ट इण्डिजका पूर्व व्याटिङ काेच मोन्टीलाई प्रमुख प्रशिक्षकको रुपमा छनाेट गरिसकेकाे थियाे।

तर राष्ट्रिय खेलकुद परिषद् हुँदै, युवा तथा खेलकुद मन्त्रालय र मन्त्रिपरिषदबाट औपचारिक नियुक्ति गर्नुपर्ने हुनाले यस काममा ढिलाइ भइरहेकाे थियाे।

प्रशिक्षककाे रुपमा नियुक्ति नपाए पनि उनले नेपाली टिमसँगकाे प्रशिक्षण भने थालिसकेका थिए।

नेपालले फागुन २ गतेदेखि काठमाडाैंमा नै हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नामिबिया र स्कटल्यान्डसँग खेल्दै छ।

लिग-२ काे लागि तयारी ढिला हुने भएकाले नियुक्ति बिना नै उनले अनाैपचारिक रुपमा प्रशिक्षण थालिसकेका थिए।

माघ २३, २०७९ सोमबार १४:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।