नागरिकता विधेयक अगाडि बढाउन संसद्मा लैजाने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउन संसद्मा लैजाने सरकारको तयारी

काठमाडौं: सरकारले नागरिकता विधेयकसँगै प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकलाई संसद्मा लैजाने तयारी गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल गर्न आज प्रमुख सचेतकहरुको बैठक बोलाएका थिए।

बैठकमा जनसरोकारसँग जोडिएका विभिन्न विधेयकलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो। 

छलफलमा विकास, सुशासन, सङ्क्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयक सदनमा लगिने बुझिएको छ।

माघ २३, २०७९ सोमबार १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।