टोटेनहमले म्यानचेस्टर सिटीलाई हरायो, ह्यारी केनले बनाए रेकर्ड
एजेन्सी: इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी टोटेनहमसँग १-० गोल अन्तरले पराजित भएको छ।
घरेलु मैदानमा टोटेनहमको जितमा एक मात्र निर्णायक गोल ह्यारी केनले गरेका थिए। उनले खेलकाे १५औं मिनेटमा गरेको एक मात्र गोल नै खेलमा निर्णायक बन्याे।
यो गोलसँगै ह्यारी केनले टोटेनहमको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीकाे रेकर्ड बनाएका छन्। यस क्लबका लागि सर्वाधिक २६७ गोल गर्दै उनले जिमी ग्रेभ्सकाे नाउँमा रहेको रेकर्ड तोडेका हुन्।
यो हारपछि २१ खेलबाट ४५ अंक रहेको सिटी लिग लिडर आर्सनल भन्दा पाँच अंक तल दाेस्रो स्थानमा कायमै छ। २२ खेलबाट ३९ अंक रहेको टोटेनहम भने लिगकाे पाँचौ स्थानमा छ।
माघ २३, २०७९ सोमबार ११:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।