प्रतिनिधि सभाका सबै दलका प्रमुख सचेतकसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकसँग छलफल गर्ने भएका छन्। आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ।
सामूहिक छलफलमा संसद्को प्रभावकारिता र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिने प्रधानमन्त्रीको तयारी छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगमी बैठकहरूलाई प्रभावकारी रूपमा लैजान प्रमुख सचेतकहरूसँग छलफल गर्न लागिएको हो।
माघ २३, २०७९ सोमबार ०७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।