मधेश प्रदेशका स्वतन्त्र सांसद कलवार जसपामा फर्किए
काठमाडौं: मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद सरदा शंकरप्रसाद कलवार जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन्। कलवार बारा जिल्लाको निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित भएका थिए।
उनले एमालेका उम्मेदवार बलबीर चौधरी र माओवादीका उम्मेदवार मोतीलाल कुशवाहालाई पराजित गरेका थिए।
कलवार जनता समाजवादी पार्टी, नेपालबाट बागी उम्मेदवार बनेका थिए। आइतबार भने उनी आफ्नै पार्टीमा फर्किएका हुन्।
मधेश प्रदेशका अर्थ तथा योजनामन्त्री सञ्जयकुमार यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले उनलाई पार्टी प्रवेश गराएका हुन्। योसँगै मधेश प्रदेशमा जसपाको सांसद संंख्या १९ पुगेको छ।
माघ २३, २०७९ सोमबार ०७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।