मौसम: पश्चिमी वायुको प्रभाव, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

मौसम: पश्चिमी वायुको प्रभाव, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। यतिबेला प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली तथा तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागिरहेको अवस्था छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

आज राति पनि देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ। 

माघ २३, २०७९ सोमबार ०७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।