‘पार्किङ निषेध’को निर्णय फिर्ता लियो पोखरा महानगरले
पोखरा: पोखरा महानगरपालिका आफैँले गरेकाे सडक पार्किङ निषेधको निर्णयबाट पछाडि हटेकाे छ।
गत हप्ता बसेको पोखरा महानगरको यातायात व्यवस्थापन समिति बैठकले पोखराका मुख्य बजार क्षेत्रमा सवारी पार्किङ पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको थियो।
महानगरले उक्त निर्णय गरेपछि विभिन्न पेशागत व्यवसायी संघठन र स्थानीय नागरिक लगायतले विकल्प नदिई पार्किङ बन्द गर्न लागेको भन्दै विरोध गरेका थिए।
त्यसैले अर्काे व्यवस्था नभएसम्म अहिले प्रयोग भइरहेको ठाउँ खुला गरिएको महानगरले बताएको छ।
पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार र पृथ्वीचोक सडक खण्डमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको तथा सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको भन्दै सवारी पार्किङलाई माघ २३ गतेदेखि पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको थियो।
माघ २२, २०७९ आइतबार १९:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।