रेशम चौधरीको मुद्दामा सर्वोच्चले दियो ‘प्रत्यर्थी झिकाउने’ आदेश

काठमाडौं: पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले ‘प्रत्यर्थी झिकाउने’ आदेश गरेको छ।
टिकापुर घटनामा दोषी ठहर भएका चौधरीविरुद्ध दर्ता भएकाे मुद्दामा सर्वोच्चले आइतबार दुवै पक्षलाई झिकाउने आदेश दिएको हाे।
जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य योजनाकार रहेकोमा चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो।
टीकापुर घटनामा थारुवान आन्दोलनका क्रममा २०७२ सालमा नाबालकसहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियाे।
न्यायाधीश टंकबहादुर मोक्तान र डा मनोजकुमार शर्माको इजलासले चौधरीको पुनरावेदन मुद्दामा सुनुवाइ गर्दै याे आदेश गरेको हो।
माघ २२, २०७९ आइतबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।