ओलीलाई कांग्रेस सांसद खतिवडाकाे चेतावनी -‘कुनै बार्दलीबाट ल्याइएको कार्यक्रम संसदमा प्रस्तुत नगर्नुस्’

ओलीलाई कांग्रेस सांसद खतिवडाकाे चेतावनी -‘कुनै बार्दलीबाट ल्याइएको कार्यक्रम संसदमा प्रस्तुत नगर्नुस्’

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा बाेलिरहँदा कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरेका छन्।

उनले संसदमा ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने बताए।

उनले भने, ‘यो संसद चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको अनुहार हामीले देख्न पाएका छैनौं। त्यसैले कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्।’ 

यसपछि ओलीले भने प्रधानमन्त्रीले भन्दा अगाडि विपक्षीले बोल्न पाउनुपर्छ भनेर वेल घेर्ने कांग्रेसले यस्ताे भन्नु सामान्य हाे भनेर कांग्रेसमाथि नै व्यङ्ग्य गरेका थिए।

माघ २२, २०७९ आइतबार १५:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।