पुस १० गतेसम्मको निषेधको राजनीति उत्तानो पर्‍यो : ओली

पुस १० गतेसम्मको निषेधको राजनीति उत्तानो पर्‍यो : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेसम्मको निषेधको राजनीति उत्तानो परेर अब  सहमतिको राजनीति सुरु भएको भन्दै ब्यङग्य गरेका छन्।

प्रतिनिधि सभामा बोल्दै उनले राष्ट्रले भोगिरहेका सवालहरूमा सहमति गर्नुपर्नेमा सत्ता स्वार्थका लागि मात्र सहमतिको कुरा हुने गरेको भन्दै ब्यङग्य गरे। उनी आइतबारको सम्बोधनमा अलि फरक ढङ्गले प्रस्तुत भएका थिए।

उनले द्वन्द्व व्यवस्थापन गर्न १२ बुँदे सहमति गरेर यहाँसम्म आइपुगेको बताउँदै अहिले पनि शान्ति सम्झौता कार्यान्वयन गर्न बाँकी रहेको र द्धन्द्धकालको कुनै पनि घाउमा खाटा नबसोस् भन्नका लागि सहमति चाहिएको बताएका थिए।

'सधैँ सत्तामा रहने, जस्तोसुकै विधि लिएर सरकारमा जाने व्यवहारले लोकतन्त्रको रक्षा गर्न सक्दैन,' उनले काँग्रेसलाई आग्रह गर्दै भने' लोकतन्त्रको रक्षाका लागि परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न म कांग्रेसका नेताहरूलाई आग्रह गर्न चाहन्छु।'

माघ २२, २०७९ आइतबार १४:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।