माओवादीकी उर्मिला अर्यालले दिइन् राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी, निर्विरोध हुने सम्भावना

तस्बिरः गोरखापत्र
काठमाडौं: माओवादी केन्द्रकी उर्मिला अर्यालले राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छन्। सत्तारुढ गठबन्धनका साझा उम्मेदवारको रुपमा अर्यालले मनाेनयन दर्ता गराएकी हुन्।
राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ। यसैकारण अर्याल निर्विरोध रुपमा राष्ट्रियसभाको उपाध्यक्ष बन्ने सम्भावना बढी रहेको छ।
अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल रहेका छन् भने समर्थक खिमलाल देवकोटा हुन्।
माघ २२, २०७९ आइतबार १४:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।