टेलिकम्युनिकेसन सेवालाई गुणस्तरीय बनाउन सञ्चारमन्त्रीको निर्देशन

टेलिकम्युनिकेसन सेवालाई गुणस्तरीय बनाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टेलि कम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिएकी छिन्। नेपाल टेलिकमको १९ औँ वार्षिकोत्सवको कार्यक्रममा सम्बोधन गर्दै उनले प्रविधिको विकास उपभोक्ताको चाहना र बजारको मागलाई दृष्टिगत गरेर सेवा सर्वसुलभ र प्रभावकारी बनाउन निर्देशन दिइन्।

विगतका सरकारले अघि सारेको घरघरमा इन्टरनेट र हात हातमा मोबाइलको महत्त्वाकाङ्क्षी नाराले सार्थकता पाएको भन्दै उनले आगामी दिनमा आफ्नै भू-उपग्रह स्थापना गरी सेवा दिने लक्ष्य लिनुपर्ने बताएकी थिइन्।

सरकारको अधिकांश स्वामित्व भएको संस्थाले सरकारको सोच र लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित मुलुकका सुगमदेखि अति विकट स्थानमा नाफारहित भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवा उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको भएको उनले बताएकी थिइन्।

कम्पनीले ३ हजार ८ सय कर्मचारीमार्फत उत्पादन देशभरिका एक करोडभन्दा बढी ग्राहकसँग सेवा पुर्याएको भन्दै आगामी दिनमा जनताले प्रत्यक्ष लाभ महसुस गर्ने सेवालाई परिमार्जन र उत्पादन गर्दै थप जनतासम्म पुग्नुपर्ने आवश्यकता रहेको उनले बताइन्।

माघ २२, २०७९ आइतबार १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।