निर्वाचन आयोग चितवन-२ मा उप निर्वाचन गर्ने पक्षमा

निर्वाचन आयोग चितवन-२ मा उप निर्वाचन गर्ने पक्षमा

काठमाडौं : चितवन-२ का उम्मेदवारमध्येका रवि लामिछानेको नागरिकता नै निष्क्रिय रहेको सर्वोच्चबाट ठहर भएसँगै रिक्त रहेको पदमा स्वतः विजयी गर्न कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

उनी आइतबार आयोग पुगेर श्रेष्ठले निर्वाचित घोषणा भएका उम्मेदवारको नागरिकता नै अवैध प्रमाणित भएकाले उनको उम्मेदवारी नै अमान्य भएकाले स्वतः दोस्रो बढी मत ल्याउनेलाई विजयी घोषणा गर्न माग गरेका हुन्।

श्रेष्ठको निवेदन दर्ता भएपछि निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनमा कुनै पद रिक्त भए स्वतः उप निर्वाचनको कानुनी प्रावधान रहेकाले चितवन-२ मा उपनिर्वाचनबाहेक कानुनले परिकल्पना नगरेको बताएका थिए।

 ‘दाबी विरोध गर्ने, मनोनयन पत्र जाँचबुझ गर्ने चरण एउटा हुन्छ, त्यो चरण पार गरिसकेपछि निर्वाचनको परिणाम नआउन्जेलसम्मको चरण अर्को हुन्छ,' उनले भने' निर्वाचनको परिणाम आइसकेपछि योग्यताका सम्बन्धमा प्रश्न उठेमा त्यसको निरूपण संवैधानिक इजलासले गर्ने हो। चितवन निर्वाचन क्षेत्र नम्बर २ को कुरा संवैधानिक इजलासमा प्रश्न उठेर योग्यताको प्रश्न छ, यसले उक्त निर्वाचन क्षेत्रको पद रिक्त भएको अवस्थामा निर्वाचन आयोगले उपनिर्वाचनबाट पदपूर्ति गर्ने हो।'

माघ २२, २०७९ आइतबार १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।