पार्टीको निर्णायक बैठकलगत्तै विशेष पत्रकार सम्मेलन गर्दै रवि लामिछाने
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्। सरकारमा सहभागी हुने/नहुनेबारे निर्णायक पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि उनले विशेष पत्रकार सम्मेलन गर्ने बताएका हुन्।
'पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु', उनले भने।
उनले देश र विदेशमा रहने सबैलाई आजको पत्रकार सम्मेलन हेर्न तथा सुन्न आग्रह गरेका छन्। 'मैले सिधाकुरा नगरेको धेरै भएछ', उनले भने।
आज ११ बजेलाई पार्टीको निर्णायक बैठक बोलाइएको थियो। यसअघि शनिबार बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएपछि आज बिहानका लागि बैठक सारिएको थियो।
रास्वपाले गृह मन्त्रालयमा आफ्नो दावी गरेको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल भने राहदानीको विवाद नटुङ्गिएकाले तत्काल गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्ने बताउँदै आएका छन्।
माघ २२, २०७९ आइतबार १२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।