ब्राउन सुगरसहित झापाबाट पाँच जना पक्राउ
काठमाडौं: झापाको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरिएको छ। हिजो दिउँसो खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
३ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित घरैबाट झापा कमल गाउँपालिका- ३ का ३५ वर्षीय राजकुमार लावती, १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित झापा भद्रपुर नगरपालिका- २ गौरीशंकर टोलबाट सगरमाथा चोक बस्ने ४० वर्षीय दीपक राई र २० वर्षीय सन्देश बाँस्तोलालाई पक्राउ गरिएको छ।
यस्तै ५ ग्राम ब्राउन सुगरसहित झापा गौरीगञ्ज गाउँपालिका- १ भाङडाँडाबाट झापा शिवसताक्षी नगरपालिका- ६ बस्ने ३० वर्षीय सन्तोष ताजपुरिया र शिवसताक्षी नगरपालिका- ४ बस्ने ३१ वर्षीय विकाश श्रेष्ठलाई पक्राउ गरिएको छ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइहेको छ।
माघ २२, २०७९ आइतबार ११:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।