चितवन-२ मा स्वतः विजयी घोषणाको माग गर्दै निर्वाचन आयोग जाँदै उमेश श्रेष्ठ 

चितवन-२ मा स्वतः विजयी घोषणाको माग गर्दै निर्वाचन आयोग जाँदै उमेश श्रेष्ठ 

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निष्क्रिय नागरिकता प्रयोग गरेर दिएको उम्मेदवारी सर्वोच्च अदालतबाट अमान्य घोषित भएसँगै रिक्त भएको चितवन-२ मा सरकार उपनिर्वाचनको तयारीमा छ। चितवन-२ का उम्मेदवारमध्येका एक उमेश श्रेष्ठले भने सो क्षेत्रबाट आफूलाई स्वतः विजयी बनाउनुपर्ने माग राख्दै निर्वाचन आयोगमा निवेदन दिने भएका छन्।

निर्वाचन कानूनमा कुनै कारणवश कुनै निर्वाचन क्षेत्र रिक्त भए उपनिर्वाचन हुने उल्लेख छ। तर चितवन-२ को विषयमा रिक्त भएको नभई विजयी भनिएका उम्मेदवारको उम्मेदवारी नै अवैध ठहरिएकाले उपनिर्वाचन नभई दोस्रो भएका उम्मेदवारलाई विजयी घोषित गर्नुपर्ने श्रेष्ठ पक्षको माग छ।

श्रेष्ठले आइतबार आयोगमा निवेदन दर्ता गरेपछि दिउँसो पत्रकार सम्मेलनको तयारी गरेका छन्। चितवन-२ को प्रतिनिधि सभा निर्वाचनमा रवि लामिछाने विजयी भएका थिए भने श्रेष्ठ दोस्रो भएका थिए।

माघ २२, २०७९ आइतबार ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।