प्रतिनिधि सभा बैठक बस्दै, बाधा बड्काउ फुकाउ आदेश पेश हुने

काठमाडौं: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। पहिलो अधिवेशनको सातौँ बैठक आज दिउँसो १ बजे बस्ने गरी तय भएको छ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार आज ससंद्मा बाधा अड्काउ फुकाउ आदेश पेश हुनेछ।
आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश गर्नेछन्।
माघ २२, २०७९ आइतबार १०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।