राष्ट्र बैंकका संस्थापक गभर्नर राणाको निधन
काठमाडौं: नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हिमालयशमशेर राणाको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
लामो समयदेखि श्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए।
हिमालय बैङ्कका संस्थापक राणा नेपालको पहिलो अर्थसचिव समेत हुन्। पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। उनका दुई छोरा र दुई छोरी छन्।
उकेरामा उनीबारे प्रकाशित समाचार सामग्री
हिमालयशमशेरलाई विजयालक्ष्मीले पठाएको त्यो प्रेमपत्र
माघ २२, २०७९ आइतबार ०९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।