उकेरा टप फाइभ : चर्चित गजलका गायक र रचनाकारको विवाददेखि बलात्कार अभियुक्तका नौ पोजसम्म

उकेरा टप फाइभ : चर्चित गजलका गायक र रचनाकारको विवाददेखि बलात्कार अभियुक्तका नौ पोजसम्म

काठमाडाैं : शनिबार देशमा एकीकृत समाजवादीको समीक्षा बैठक बस्यो। जसमा उसले विभिन्न दललाई विभिन्न आरोप लगायो। अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनले कांग्रेसलाई पुँजीपतिको हित प्रतिनिधित्व गर्ने, एमाले दक्षिणपन्थ अवसरवादी र माओवादीलाई ढुलमुले पार्टी भन्यो।

माओवादी स्थायी कमिटी बैठक पनि आजै बस्यो। बैठकले दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गर्यो।

उता श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी परराष्ट्रमन्त्री डा. विमला पौड्याल राईले राष्ट्रपति रणील विक्रममासिंघेसँग भेट गरिन्। भेटमा दुई देशको आपसी हित र चासोका विषयमा छलफल भयो।

त्यसैगरी शनिबार नै पोखराका मुख्यमन्त्री खगराज अधिकारीले लेकसाइड राति १ बजेसम्म खोल्न निर्देशन दिए।

त्यहाँको व्यवसायीहरूले २४ घण्टा नै व्यवसाय सञ्चालन गर्न पाउनेपर्ने माग राखेपछि उनले कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीलाई फोन गरेर १ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिन निर्देशन दिए।

अब लागौं टप फाइभर्फ
उकेराले शनिबार लुम्बिनी प्रदेश सभाका सांसद्हरू विभिन्न नाताका रहेको बारेको समाचार प्रकाशित गर्यो। यहाँ दाजु–भाइ, नन्द–भाउजू र सम्धी–सम्धिनी नाताका सांसद्हरूको उपस्थिति छ। उनीहरू कोही फरक पार्टीका छन् भने कोही एकै पार्टीका।
पूरा समाचारः लुम्बिनी प्रदेश सभामा दाजु-भाइ, नन्द-भाउजू र सम्धी-सम्धिनीको रोचक उपस्थिति

मध्यान्हतिर उकेराले चर्चित गजल ‘के लत बस्यो मलाई’का रचनाकार डा. प्रदीपकुमार मैनाली र गायक तिलकसिंह पेलाको विवादको विषयको समाचार प्रकाशित गर्यो। मैनालीले पेलालाई मानसिक यातना दिएको आरोप लागेपछि त्यसको बारेमा सम्बन्ति व्यक्तिको भनाइसमेत उकेराले छाप्यो।
पूरा समाचारः 'के लत बस्यो मलाई'का रचनाकार मैनालीले गायक पेलालाई मानसिक यातना दिएको आरोप, के भन्छन् मैनाली ?

अपरान्हतिर उकेराले आफ्नो नियमित स्तम्भ डाक्टरका सुख–दुःखमा मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको उपचार अनुभव प्रकाशित गर्यो। अनुभवमा उनले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आफूले उपचार सुरु गर्दा सिनियरहरू दिएको अनावश्यक टर्चरकोबारेमा समेत खुलासा गरे।
पूरा समाचारः डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

साँझपख उकेराले शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ह्यारीकी प्यारीको समीक्षा प्रकाशित गर्यो। चलचित्र रुढिवादी सोचले ग्रस्त भएको र कथाको संसारमा पुर्याउनै नसक्ने भनेर पंक्तिकारले समीक्षा गरेकी छन्।

टाइमफ्रेम स्पष्ट नहुँदा फिल्ममा विविध समस्या देखिन्छन्। कसको आँखाबाट कथा भनिएको हो, त्यो स्पष्ट हुन सकेको छैन। समग्रमा भन्दा फिल्मको लेखन निकै कमजोर छ, कथाको संसारमा दर्शकलाई लैजानबाट पूर्ण रूपमा चुकेको छ।
पूरा समीक्षाः ह्यारी कि प्यारी : रुढिवादी सोचले ग्रस्त, कथाको संसारमा पुर्याउनै नसक्ने

यस्तै, उकेराले शनिबार क्यानले सार्वजनिक गरेको तस्बिरहरूलाई समेटेर बलात्कार अभियुक्त सन्दीप लामिछानेका ९ पोज भन्दै फोटो कथा प्रकाशित गर्यो। फोटो कथामा उनले बन्द प्रशिक्षणमा गरिरहेको अभ्यासका तस्बिरहरू छन्।
पूरा समाचारः कीर्तिपुर मैदानमा बलात्कार अभियुक्त सन्दीपका ९ पाेज

माघ २१, २०७९ शनिबार २२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।