रास्वपाले भौतिक मन्त्रालय लिन्छ कि सरकार छाड्छ ?

रास्वपाले भौतिक मन्त्रालय लिन्छ कि सरकार छाड्छ ?

काठमाडौं : गृह मन्त्रालयको सट्टा भौतिक योजना मन्त्रालय लिन र रवि लामिछानेबाहेक अन्यको नाम सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बसेको छ।

गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको पार्टीको २ दिने अल्टिमेटम सकिनेबेलामा प्रधानमन्त्री प्रचण्डबाट गृह दिन नसकिने, भौतिक दिन सकिने प्रस्ताव पठाएको रास्वपा स्रोतले बतायो।

गृह फर्काउन एमालेको साथ खोजेको रास्वपालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सरकार नछाड्न बरु अर्को मन्त्रालय लिन सुझाव आएको थियो।

यस अगाडिको बैठकमा पार्टीमा बहुमत रहेको सभापति रवि लामिछाने पक्ष गृह नपाए सरकार छाड्ने पक्षमा देखिएका थिए। सरकार छाड्ने या भौतिक मन्त्रालय लिने भन्ने निर्णय गर्न पार्टीको केन्द्रीय समितिसँगै संसदीय समितिको समेत बैठक राखिएको हो।

माघ २१, २०७९ शनिबार २१:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।