भीम रावललाई रास्वपाका दुई मन्त्रीको चुनौती– प्रमाण देखाइदिनुस् न!

भीम रावललाई रास्वपाका दुई मन्त्रीको चुनौती– प्रमाण देखाइदिनुस् न!

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री बनेका दुई मन्त्रीले डा. भीम रावलाई आफूहरूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भीम रावल लगाएको आरोप प्रमाणित गर्न एमाले नेता डा. भीम रावललाई चुनौती दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत मन्त्री अर्यालले आफ्नो कुन मेनपावरमा कति शेयर भएको र कसलाई कहिले र कति रकम ठगी गरेको भन्ने प्रमाण दिन चुनौती दिएका हुन्।

उनले लेखेका छन्, ‘भीम रावल जी,  मेरो कुन मेनपावरमा कहिले देखि कति शेयर छ? अनि मैले कहिले, कसलाई, कति ठगी गरे? सामाजिक सञ्जालमा भएको स्क्रिनसट होइन शेयर लगानी भएको प्रमाण सहित भनिदिनपर्यो।’

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा डा. भीम रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल सञ्चालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्रको अवमूल्यन गर्ने काम भएको बताएका थिए।

यसका साथै शिक्षमन्त्री शिशिर खनालले पनि आफ्नो लगानी भएको विद्यालय देखाउनसमेत चुनौती दिएका छन्। उनले सामाजिक सञ्जाल ट्वीरमार्फत आफ्नो लगानीको भएको विद्यालयको नाम र ठेगाना भनिदिन आग्रह गरेका छन्।

माघ २१, २०७९ शनिबार २०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।