गृह मन्त्रालय फिर्ता दिन रास्वपाले दिएको अल्टिमेटमको म्याद सकियो, आकस्मिक बैठक
काठमाडौं : अवैध नागरिकताको पुष्टिसँगै गुमेको गृह मन्त्रालय फिर्ता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको दुई दिनको अल्टिमेटम सकिएपछि आकस्मिक बैठक डाँकेको छ।
सक्रिय नगराई प्रयोग गरेको नागरिकताबाट भएका कानुनी काम निष्क्रिय भएसँगै रास्वपाका सभापति रवि लामिछानेको सांसद पददेखि पार्टी नेतृत्वसमेत गुमेको थियो।
नागरिकता लिएसँगै एकै दिनमा पार्टी नेतृत्व फर्काएका रविले गैर सांसदको रूपमा गृह मन्त्रालयमा फर्कन दबाब बढाएका थिए। तर प्रधानमन्त्रीले नागरिकताबारे संवैधानिक इजलासबाट आएको आदेशको पूर्णबाट जारी नभएसम्म निर्णय नहुने बताएपछि रास्वपाले पटक-पटक सरकारबाट बाहिरिने चेतावनी दिइराखेको छ।
पछिल्लो समय प्रधानमन्त्रीले २ दिन समय मागेको भन्दै निर्णयबाट पछि हटेको पार्टी आजसम्म पनि निर्णय नभएपछि आकस्मिक बैठकमा बसेको छ।
जानकार स्रोतका अनुसार यस अगाडिको बैठकमा सरकार छाड्नेदेखि संसद्मा रहेका सबैले राजीनामा दिएर सडक आन्दोलन गर्नुपर्ने सम्मको सुझाव दिएका थिए।
माघ २१, २०७९ शनिबार २०:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।