सरकारलाई झापाबाट विप्लव मा‌ओवादीकाे चेतावनी

सरकारलाई झापाबाट विप्लव मा‌ओवादीकाे चेतावनी

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकार जनजीविकाका विषयमा गम्भीर नभए सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएको छ।

शनिबार झापमा पत्रकार सम्मेलन गर्दै पार्टीले देशमा देखिएको राजनीतिक, आर्थिक, सीमा अतिक्रमण, शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्याको निराकरण नगरे सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएको हो।

पार्टीका मेची ब्यूरो इञ्चार्ज सुमन सिंहले पछिल्लो समय केही व्यक्तिले राजतन्त्र, मिटरब्याज लगायतका विषय उठान गरेझैं गरेर पश्चिमा शक्तिको आडमा जनतालाई भ्रमित पार्ने काम गरेको बताए।

उनले भ्रमको खेती नगरी जनतालाई राहत दिने काममा लाग्न आग्रहसमेत गरे।

माघ २१, २०७९ शनिबार १९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।