रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइयो : डा. भीम रावल
काठमाडौं : एमाले नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौंमा भएको एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेकालाई पुनः गृहमन्त्री बनाउन नहुनेमा उनले जोड दिए।
नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल सञ्चालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्रको अवमूल्यन गर्ने काम भएको बताए।
माघ २१, २०७९ शनिबार १९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।