मधानी महायज्ञ फागुन ५ गतेदेखि, भुवन केसी सहभागी हुने

मधानी महायज्ञ फागुन ५ गतेदेखि, भुवन केसी सहभागी हुने

गौर : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको मधानी महायज्ञ यस वर्ष फागुन ५ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ।

मौलापुर नगरपालिका–५, पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा हुने मधानी महायज्ञ उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

आयोजक मौलापुर नगरपालिकाले शनिबार मन्दिरमा पत्रकार सम्मेलन गर्दै यज्ञबारे जानकारी गराएको हो।

महायज्ञमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित,भोजपुरी कलाकारहरू पवन सिंह, काजल राघवानीसहित नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ।

माघ २१, २०७९ शनिबार १७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।