राष्ट्रिय स्वतन्त्र पार्टीको अल्टिमेटमबारे प्रधानमन्त्री भन्छन्– ‘कुरा हुँदैछ, समस्या समाधान हुन्छ’

राष्ट्रिय स्वतन्त्र पार्टीको अल्टिमेटमबारे प्रधानमन्त्री भन्छन्– ‘कुरा हुँदैछ, समस्या समाधान हुन्छ’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीसँग वार्ता भइरहेको बताएका छन्।

शनिबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले आफूले राष्ट्रिय स्वतन्त्र पार्टीसँग वार्ता गरिरहेको बताएका हुन्।

उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ, समस्या समाधान हुन्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट हट्ने चेतावनी दिइरहँदा बिहीबार प्रधानमन्त्री, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको फोन आएपछि पार्टीले दुई दिन पर्खने निर्णय गरेको थियो।

त्यो दुई दिनसको समय आज सकिँदैछ। दुई दिनभित्रमा गठबन्धनले निर्णय नगरे आफूहरुले निर्णय गर्ने स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले बताएका थिए।

यस्तै, प्रधामन्त्री दाहालले गठबन्धनमा समस्या उत्पन्न भएको स्वीकारसमेत गरेका छन्। उनले भनेको कुरालाई ध्यान दिने हो भने गठबन्धनभित्र समस्या भएको स्पष्ट छ।

समाधान पनि सहज तरिकाले हुनेमा उनी विश्वस्त देखिए।

माघ २१, २०७९ शनिबार १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।