माओवादी केन्द्र दुई महिना ‘फिल्ड’मा जाने

काठमाडौं : माओवादी केन्द्र दुई महिना संगठन विस्तारमा लाग्ने भएको छ।
शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकपछि बोल्दै बोल्दै नेता देवेन्द्र पौडेलले पार्टी दुई महिनाका लागि फिल्डमा जाने, संगठन विस्तार र जनतासँग नजिक हुने बताए।
उनले भने, ‘बैठकमा संगठन विस्तारका साथै दुई महिना अभियानमा फिल्डमा जाने, संगठन विस्तार गर्ने र त्यसपछि केन्द्रीय कमिटी बैठक बसेर त्यसको रिपोर्टिङ गर्ने निर्णय भएको छ।’
नेता पौडेलले आफूहरु सबै पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको सकारात्मक रहेको बताए। उनले एमालेसँग दूरी बढ्ने कुरा अहिलेसम्म नभएको बताए।
‘सबै पक्षसँग छलफल गर्न माओवादी खुला छ,’ उनले थपे, ‘देश बनाउनका लागि राष्ट्रिय सहमति गरेर अघि बढौं भन्दा कसैले पनि हुँदैन त भन्नुहुन्न होला पक्कै। एमालेसँग दूरी बढ्ने कुरै छैन।’
माघ २१, २०७९ शनिबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।