माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू, गृह मन्त्रालयबारे छलफल हुने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू, गृह मन्त्रालयबारे छलफल हुने

काठमाडौं : सत्तारूढ दल माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरू भएको छ।

शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यालय पेरिडाँडामा बैठक सुरू भएको हो। 

बैठकमा राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

साथै केन्द्रीय विभाग बाँडफाँटको टुंगो लगाउने पनि बैठकको एजेन्डा छ।

यसअघि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार अर्को दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पचि छलफल गरेका थिए।

ओलीले पूर्वसहमतिअनुसार रास्वपालाई गृह मन्त्रालय दिनुपर्ने बताइरहेका छन्। शनिबारको छलफलमा समेत उनले उक्त विषय दोहोर्याएको ओलीको सचिवालयले जनाएको छ।

माघ २१, २०७९ शनिबार १४:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।