बलात्कार आराेपीलाई बन्द प्रशिक्षणमा सहभागी गराएपछि क्यानविरुद्ध प्रदर्शन

बलात्कार आराेपीलाई बन्द प्रशिक्षणमा सहभागी गराएपछि क्यानविरुद्ध प्रदर्शन

काठमाडौं : बलात्कार अभियुक्त सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेको विरोधमा नेपाल क्रिकेट संघ (क्यान)विरूद्ध प्रदर्शन भएको छ।

शनिबार दिउँसो माइतीघर मण्डलमा क्यानले अभियुक्तलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै विरोध प्रदर्शन गरेको हो।

उच्च अदालत पाटनले शर्तसहित रिहा गरेपछि क्यानले अभियुक्त लामिछानेको निलम्बन गत मंगलबार फुकुवा गरेको थियो।

निलम्बन फुकुवा गरेलगत्तै क्यानले बिहीबार उनलार्ए राष्ट्रिय टिममा समावेश गरी बन्द प्रशिक्षणमा समेत राखेपछि क्यानको निर्णयको चौतफी आलोचना भइरहेको छ।

पीडितलाई लात बलात्कार आरोपीलाई साथ, मेरो राष्ट्रिय टिममा बलात्कार अभियुक्त हुनसक्दैन, आर वी सेफ, उता फिक्सिङ गराउने यता बलात्कार आरोपीलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद लगायतका नाराहरूसहितको प्याम्प्लेट उनीहरूले बोकेका छन्।

माघ २१, २०७९ शनिबार १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।