उकेरा टप फाइभ : २४ घण्टादेखि भीरमा अड्केकाको सकुशल उद्धार, सहकारीले बचतकर्ताले रकम फिर्ता गरेन

उकेरा टप फाइभ : २४ घण्टादेखि भीरमा अड्केकाको सकुशल उद्धार, सहकारीले बचतकर्ताले रकम फिर्ता गरेन

काठमाडौं : शुक्रबार राष्ट्रिय राजनीतिमा खासै चहलपहल भएन। नेताहरू आन्तरिक छलफलमै व्यस्त रहे। प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार भएर छ मन्त्री र तीन राज्यमन्त्री भए तर माओवादीले कसैलाई पनि सरकारमा पठाएन।

शुक्रबारै प्रधानमन्त्री पुष्पमकल दाहालले मलेसियाका गृहमन्त्रीसँग भेट गरे। उनले मात्र होइन श्रममन्त्री डोलप्रसाद अर्यालले पनि उनीसँग भेट गर्दै द्वीपक्षीय हीत र मलेसियामा रहेको नेपाली आप्रवासी कामदारको विषयमा छलफल भयो।

यतिमात्र होइन, शुक्रबारबाटै सुरु भएको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग १–३ गोलअन्तरले पराजित भयो। खेलतर्फ नै राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा पूर्वकप्तानसेमत रहेका बलात्कार आरोपी सन्दीप लामिछाने सामेल भए।

लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरेपछि त्यसको पक्ष र विपक्षमा बहस भए। क्रिकेट समर्थकले लामिछानेलाई मैदानमा फर्काउने नेपाल क्रिकेट संघ(क्यान)को कदमको बचाउ गरे भने राजनीति र कानूनका ज्ञाताहरूले यसलाई कानूनविपरीतको कदम भन्दै तत्काल निर्णय फिर्ता हुनुपर्नेब बताए।

अब लागौं टप फाइभतर्फ
उकेरामा शुक्रबारको सुरुवात बुटवलको सुप्रिम सहकारीले बचतकर्तालाई रकम फिर्ता नदिएकोबारे समाचार प्रकाशित गर्यो। कात्तिकदेखि संकटमा रहेको सहकारीले बचतकर्तालाई रकम फिर्ता नदिएपछि ५० भन्दा बढि शेयरसदस्य रकम झिक्न नपाएर हैरान छन्। ऋणमा दिइएको ८० करोड रकम नउठेपछि बचतकर्ता तनावमा छन्।
पूरा समाचारः सुप्रिम सहकारीले बचतकर्ताको रकम फिर्ता दिन सकेन, सहकारी दर्ता अधिकारीको कार्यालय भन्छ- लिखित उजुरी आएको छैन

यस्तै, शुक्रबारको नियमित स्तम्भ कान्तिपुर गाथामा सर्वनाम ‘लाटो’ गाथा शीर्षकमा प्रकाशित भयो। किशोर नेपालले लेखेको स्तम्भमा उनले मरिचे र उनकी श्रीमतीले छोराको नाम सम्झन नसकेको र पुरेत बाजे मरिसकेको प्रसङ्गसँगै अन्य विषयलाई पनि प्रासङ्गिक ढंगले प्रस्तुत गरिएको छ।
पूरा समाचारः सर्वनामको ‘लाटो’ गाथा

त्यसैगरी, बिहीबारदेखि भीरमा अड्किएका एक पुरुषको शुक्रबार सशस्त्र प्रहरीले उद्धार गरेको समाचार पनि उकेराले प्रकाशित गर्यो। समाचारमा २४ घण्टादेखि भीरमा अड्एिका पर्वतका एक पुरुषको सकुशल उद्धार गरिएको थियो।
पूरा समाचारः बिहीबारदेखि भीरमा अड्किएका पुरुषको शुक्रबार सकुशल उद्वार

उकेराले आजै अपराध र सुरक्षाअन्तर्गत नेपाली गर्ल्स नामक एपमार्फत पुरुषलाई फसाएर बैंक खातामा भएको रकम लुट्ने गरेको एक समूहलाई प्रहरीले पक्राउ गरेको समाचार प्रकाशित गर्यो। हनिट्र्याप र यसरी ठगीविरुद्ध परेको उजुरीमा मात्र ४६ लाख रुपैयाँभन्दा बढि रकम ठगिएको प्रहरीले जनायो।
पूरा समाचारः यौन प्रलोभनमा ‘नेपाली गर्ल्स’ एप डाउनलोड, ६ घण्टामा बैंक खातै रित्तियो

बलात्कार आरोपी राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछाने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश भएसँगै बाइकोट क्यानको अभियान चलेको प्रसङ्गमा समेत उकेराले समाचार प्रकाशन गरेको छ।
पूरा समाचारः सन्दीप फर्किए नेपाली टिमकाे प्रशिक्षणमा, सामाजिक सञ्जालमा भने #BoyCottCAN अभियान

माघ २०, २०७९ शुक्रबार २२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।