सिद्धार्थ–कियाराको विवाहको सुरक्षा शाहरुखका पूर्व अंगरक्षकले सम्हाल्ने

एजेन्सी : फेब्रुअरी ६ मा हुने बलिउडको स्टार जोडी सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको विवाहको सुरक्षाको जिम्मेवारी शाहरुख खानको पूर्व अंगरक्षकले सम्हाल्ने भएका छन्।
राजस्थानमा शाही शैलीमा विवाह बन्धनमा बाँधिन लागेका उनीहरूको विवाहको सुरक्षाको जिम्मेवारी शाहरुख खानका पूर्व अंगरक्षक यासिनलाई दिइएकाे टाइम्स अफ इन्डियाले जनाएको छ।
भव्य विवाहमा बलिउडका ठूला सेलिब्रेटीहरू उपस्थित हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिनेछ। विवाह बन्द ढोकाभित्र हुने र त्यसका लागि शुक्रबार साँझसम्म सुरक्षाकर्मीहरू विवाहस्थल पुगेकाे समाचारमा उल्लेख छ।
उनीहरूको प्रि–वेडिङ समारोह फेब्रुअरी ४ बाट सुरू हुने भएकाले पनि बलिउड स्टारहरू छिट्टै राजस्थानको जैसलमेर पुग्नेछन्। फेब्रुअरी ४–५ मा हल्दी, मेहन्दी र संगीत समारोह हुनेछ।
शाहरुख खान, करण जोहर, मनिष मल्होत्रा, शाहिद कपूर, मीरा राजपूत लगायत धेरै सेलिब्रिटी विवाहमा सहभागी हुँदैछन्।
उनीहरूको विवाहको तयारी अन्तिम चरणमा पुगेको बलिउडलाइफले जनाएको छ। विवाहपूर्व समारोहदेखि अतिथि सूचीसम्मको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
माघ २०, २०७९ शुक्रबार १९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।