लाइभ टिभीमा डिग्री च्यात्ने प्राध्यापकलाई तालिबानले पक्रियो

एजेन्सी : तालिवानले महिला शिक्षाका लागि आवाज उठाउने अफगानी प्राध्यापकलाई पक्राउ गरेको छ।
राजधानी काबुलका सडकमा निःशुल्क पुस्तक वितरण गरिरहेको बेला उनलाई पक्राउ तालिबान प्रहरीले पक्राउ गरेको हो।
तालिबानले अहिलेसम्म आधिकारिक रूपमा इस्माइल मशाललाई गिरफ्तार गरेकोबारे टिप्पणी गरेको छैन।
यद्यपि तालिवान सूचना मन्त्रालयका एक सदस्यले सामाजिक सञ्जालमा उनीसँग निष्पक्ष व्यवहार गरिने दाबी गरेका छन्।
टिभीमा प्रत्यक्ष प्रसारणका क्रममा आफ्नाे शैक्षिक कागजात र डिग्री च्यातेपछि प्राध्यापक चर्चामा आएका थिए। उनले महिला र छात्राहरूको शिक्षामा प्रतिबन्धको विरोध गरेका थिए।
गत महिना, उनले बीबीसी अफगान सेवालाई पुरुषहरूले महिला अधिकारका लागि खडा हुनुपर्ने बताएका थिए।
माघ २०, २०७९ शुक्रबार १७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।