पाकिस्तानको एक राजमार्गमा बस र ट्रक जुधे, बसमा सवार १८ जनाकाे मृत्यु
एजेन्सी: पाकिस्तानको उत्तरपश्चिमी खैबरपाकथुन्क्वा प्रान्तमा बस र ट्रक जुध्दा कम्तीमा १८ जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार बिहीबार राति त्यस प्रान्तकाे कोहत जिल्ला अन्तर्गत इन्डस राजमार्गमा बस र ट्रक एकआपासमा ठोक्किएका थिए।
विपरीत दिशातर्फबाट आएको ट्रकले बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर हालसम्म बसमा सवार १८ यात्रुको ज्यान गएको बताइएको छ।
माघ २०, २०७९ शुक्रबार १३:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।